लक्ष्मण पोखरेल, बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले भष्ट्राचार नियन्त्रणमा सबैको सहयोग आवश्यक भएको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख आयुक्त बस्न्यातले सबैको सहयोगले मात्रै भ्रष्टचार नियन्त्रण हुने बताउनु भयो ।
प्रमुख बस्न्यातले भष्ट्राचार नियन्त्रण गर्नमा अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने भन्दै निजामति कर्मचारी र पत्रकारहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने बतानुभयो ।
अख्तियारले संघीय संरचना अनुरुप प्रादेशिक कार्यालयहरु पनि स्थापना गर्ने तयारी गरेको उहाले जानकारी दिनुभयो । हाल दश वटा क्षेत्रमा रहेका कार्यालयलाई निकट भविष्यमै सात प्रदेशमा ढालिने उहाले बताउनुभयो ।
आयोगको काम संघीय संरचनामा झन बढ्ने भन्दै उहाले त्यसको हरेक प्रकारबाट तयारी भइरहेको जानकारी गराउनुभयो । भवन उद्घाटन कार्यक्रममा बोल्दै अख्तियारका सचिव राजन खनालले देशको धेरै बजेट खर्च हुने स्थानीय सरकारको विकास निर्माणमा अख्तियारका कर्मचारीको ध्यान जानुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेश नम्बर ५ का प्रमुख सचिव शंकर पाठकले प्रदेश नम्बर ५ लाई भष्टारमुक्त बनाउन आफ्नो महत्वपूर्ण काम हुने बताउनुभयो । अख्तियार पोखरा कार्यालयका प्रमुख यदु प्रसाद पन्थीका अनुसार नवनिर्मित भवन ५ करोड ८८ लाख लागतमा भवन निर्माण भएको हो । अख्यियारले सातै प्रदेशमा नया भवन निर्माण गरिरहेको उहाले जानकारी दिनुभयो ।
१९ माघ २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया