शिवलाल सुवेदी गुल्मी १८ माघ ।
गर्भ बसेपछि एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेको रहस्य खुलेको छ । बुधबार साँझ गुल्मीको कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा पर्वत जैनिनी २, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएपछि अनुसन्धानका क्रममा हत्या आरोपमा वाग्लुङ्ग जिल्ला बिहादी ८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्राउ गरेपछि आफ्नै प्रेमिकाको हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रदीपले प्रेमिका कमलाको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षण अनुराग द्धवेदीले जानकारी दिए ।
कमला र प्रदीपबीच विस्तारै प्रेम सम्बन्ध बढ्दै गर्दा उनीहरुबीच शारीरिक सम्पर्क समेत भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने, ‘गर्भ बसेपछि युवतीले विवाह गरौं भनेर पटकपटक भनेकाले प्रदीपले कमलाको हत्या गरेको देखिन्छ ।’
कमलाको शवलाई परिवारको अनुरोधमा बाग्लुङ अस्पतालमा पोष्टमार्टम गर्ने गरी विहीवार जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया