माघ १८ । झापाको दमक २ का सुरेन्द्र विष्ट ९फणिन्द्र०को रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गएको छ ।
त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो ।
३ वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको बिहीबार शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताउनुभयो ।
प्रतिक्रिया