विकास बन्जाडे कपिलवस्तु माघ १८ ।
इलाका प्रहरी कार्यालय गोरुसिँगेले अवैध रुपमा बनाएको ७ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । झन्डै १ लाख मुल्य बरावरको घरेलु मदिरालाइ प्रहरीले जनप्रतिनिधि, स्थानीय राजनितिक दल, समाजसेवी पत्रकार लगायतको रोहवरमा नष्ट गरेको छ । पछिल्लो समय आएर बुद्धभुमी नगरपालीका क्षेत्रभित्र अवैध घरेलु मदिराको कारोवार बढ्दै गएपछि मानविय स्वास्थ्य र शान्ती सुरक्षालाइ ख्याल गरेर मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय गोरुसिँगेका प्रहरी निरिक्षक मनोहर राज श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले यो अभियानलाइ निरन्तरता दिने समेत जनाएको छ ।
१८ माघ २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया