माघ १८ । फेसबुकले अब समाजमा प्रभाव पार्ने भिडियोलाई मात्र देखाउने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार फेसबुक मजाकमात्र होइन । यसले मानिसहरुको भलाई र समाजको भलाई पनि गर्छ ।
फेसबुकले कस्ता सामग्री देखाउने भनेर यसअघि कम भाइरल भएका भिडियो देखाएर परिक्षण गरेको थियो । जसले गर्दा फेसबुकमा मानिसले विताउने ५० मिलियन घण्टा समय कम भएको थियो । त्यसकारण फेसबुकले प्रयोगकर्ताको रुची अनुसारको भिडियो, पोस्टलाई मात्र न्यूज फिडमा देखाइने जनाएको छ ।
जुकरबर्गले अर्थपूर्ण र समुदायको हितका लागि हुने सामग्री मात्र प्रवर्द्धन गरे आफ्नो व्यापार दीर्घकालीन हुनेसमेत बताएका छन् ।
प्रतिक्रिया