४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल–भारत सम्बन्ध दिगो राख्न आवश्यक छ : पुर्वराजदुत उपाध्याय



अजय बर्मा, कपिलबस्तु, ११ माघ ।
भारतका लागी नेपालका पुर्वराजदुत दिपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध लाई दिगो राख्नुपर्ने बताउनु भएको छ । बुधबार नेपाल भारत मैत्री संघ जिल्ला शाखा कपिलबस्तुले मित्र राष्ट भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपाध्यायले द्धिपक्षीय सम्बन्ध दिगो र मजबुत राख्न गहन छलफल भैरहेको स्पष्ट पार्नुभयो । उपाध्यायले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने गरेको प्रस्ट्याउनु भयो ।
संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमालले यो युग द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भैरहेको स्पष्ट् पार्नुभयो । नेपाल–भारत सम्बन्ध सबै हिसाबले गहिरो र प्रगाढ भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आगामी दिनमा नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत बताउनुभयो ।
कार्यक्रममा मानव सेवा संस्थानका कार्यकारी सचिव राजेश मणि त्रिपाठी, प्रोफेसर डा. दिपक मिश्रा लगायतले द्धिपक्षीय सम्बन्धमा देखिएका समस्यालाई समाधान गरेर नेपाल र भारतलाई बर्तमान युग अनुरुप नयाँ उचाईमा लिएर जान चाहिरहेको प्रष्ट्याउनुभयो । संघका जिल्ला अध्यक्ष अनिरुद्ध प्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ४० बजे