८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धुर्मुस–सुन्तलीले निर्माण गर्न लागेको नमूना बस्तीको निर्माण कार्य अन्तिम चरणमा



रौतहट, माघ १० । रौतहटको चन्द्रपुर नगरपालिमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘सन्तपुर एकिकृत नमूना बस्ती’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण सुरु भएको सयौँ दिनमा ४७ परिवारका लागि ४७ वटा दुई तल्ले घर, एक सामुदायिक भवन, प्राथमिक विद्यालय र मन्दिरको निर्माण कार्य पुरा भइसकेको छ भने भ्यू टावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

क्ष्mबनभ mबथ अयलतबष्लस् कपथ बलम यगतमययच

बस्तीमा बसोवास गर्ने मुसहरलाई माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ फाउण्डेशनले काम गरिरहेको छ । पाँच करोड ९५ लाखको लागतमा निर्माण सुरु गरिएको फाउण्डेशनले जानकारी दिएको छ ।

बस्तीमा बसोबास गर्ने मुसहर आकर्षक घरमा बस्ने मौका पाउँदा निकै उत्साहित भएका छन् । दाताहरुको सहयोगमा ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएपनि झण्डै एक करोड रकम तिर्न बाँकी रहेकोमा थप दाताको सहयोगको अपेक्षा उनीहरुले गरेका छन् ।
क्ष्mबनभ mबथ अयलतबष्लस् कपथ बलम यगतमययच
सन्तपुर एकिकृत नमूना बस्ती व्यवस्थापन समितिका संयोजक सत्यनारायण माझीले जीवनमा नसोचेको जस्तो घर कलाकारको माध्यमबाट पाउन लाग्दा निकै खुशी लागेको बताउनुभयो ।
बस्ती भित्र ५० वटा संरचना निर्माण गरिएको छ । ४७ जना परिवारलाई छुट्टाछुट्टै दुई तल्ले पक्की घर, तिनीहरुको बालबालिकाहरुलाई अध्ययन गर्न प्राथमिक विद्यालय, समूहमा छलफल गर्न सामुदायिक भवन र एउटा मन्दिरको निर्माण गरिनुका साथै बस्तीबाट बाहिरको अवस्था अवलोकन गर्न एउटा भ्यू टावरको निर्माण गरिएको छ ।

बस्तीमा निर्माण भएको घरलाई रातो रंगबाट रंगरोगन गरिँदा टाढैबाट बस्ती आकर्षक एवं मनमोहक देखिएको छ । धुर्मुष–सुन्तली फाउण्डेशनको अभियान अन्तर्गत सन्तपुर एकिकृत नमूना बस्ती कार्यक्रमको यो चौथो प्रोजेक्ट हो ।

प्रकाशित मिति : १० माघ २०७४ बुधबार ००:००  ६ : १९ बजे