१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बालबिवाह अन्त्यका लागि संकल्प अभियान



भुवन पाण्डे, भैरहवा, ९ माघ ।
रुपन्देहीको गैडहवा गाँउपालिकाका बालबालिकाले बाल विवाह अन्त्यलागि संकल्प अभियान सञ्चालन गरेका छन् ।
बालविवाहले आफूहरुको स्वास्थ्य, शिक्षा र आत्मनिर्भतामा असर गरेको भन्दै उनीहरुले बालविवाहलाई रोक्न आग्रह गरे । बालविवाहले एउटा बालबालिका योग्य शिक्षित नागरिक बन्नबाट बन्चित हुने, सिप र क्षमता विकासमा पछाडि पर्ने र आत्मनिर्भर बन्न नसक्ने हुँदा त्यसको अन्त्यका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने अभियान्ता नर बहादुर कार्कीले बताउनुभयो ।
रुपन्देहीका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारु लगायतका जातिमा बाल विवाहको चलन छ । छोरीको सानैमा विहे गरिदिए पुण्य कमाइने लेखपढ, पालन पोषणमा लगानी गर्नु नपर्ने र दाइजो पनि कम दिए पुग्ने व्यवहारिक कारणले बालविवाह गर्ने चलन नहटेको हो ।
बालविवाह अन्त्यका लागि भन्दै सरकारी पक्ष र संघसस्थाहरु थुप्रै प्रयासहरु गरिएपनि कम नभएपछि बालबालिका त्यसको बिरुद्धमा आफै सकृय भएका हुन् । साथी सञ्जालमा रहेका किशोर किशोरी र गैडहवा गाँउपालिकाको आयोजनामा अभियान संचालन भएको हो ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  ३ : ०७ बजे