४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश सांसद भन्छन्, स्थायी ‘राजधानी कपिलवस्तु’ बनाउन पहल गर्छौ



अबिनाश बेल्बासे, कपिलबस्तु, ९ माघ ।
प्रदेशसभा सदस्य बिष्णु पंथीले प्रदेश राजधानीको बिषय आन्दोलनबाट नभई कानुनी बाटोबाट समाधान हुने बताउनुभएको छ । प्रदेशको राजधानीका बिषयमा प्रदेश सभाका सदस्यहरुको २ तिहाई बहुमतले निर्धारण गर्ने भएकाले बन्द, हड्ताल नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रदेश सभा सदस्यको सपथ लिए लगत्तै बुद्धआवाज संग संक्षिप्त कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । अस्थायी राजधानी रुपन्देही तोकिए पनी स्थायी राजधानी भने कपिलबस्तु तोक्नका लागी आफुले पहल गर्ने प्रदेश सांसद पंथीले बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले प्रदेशसभाको पहिलो बैठक मै कपिलबस्तुमा प्रदेश राजधानी बनाउनुपर्ने माग गर्ने बताउनुभयो । कपिलबस्तु राजधानी तोक्नुपर्ने बिभिन्न आधार प्रस्तुत गर्दै केसीले कपिलबस्तुलाई न्याय दिलाउनका लागी पनी यहाँ स्थायी राजधानी हुनुपर्ने बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य बिरेन्द्र कुमार कानोडियाले नेपाली जनताको भबिश्य हेरेर राजधानी तोक्नुपर्ने जिकिर गर्नुभयो । अस्थायी राजधानीका लागी रुपन्देही आफ्नो सहमती रहेपनी स्थायी राजधानी भने कपिलबस्तु हुनुपर्ने उहाको तर्क छ ।

समानुपातिकबाट प्रदेश सभा सदस्यमा छानिनु भएकी रिना नेपालले पनी आफुहरुको माग कपिलबस्तुमा स्थायी राजधानी बनाउनुपर्ने रहेको बताउनुभयो । प्रदेशसभा बैठकमा आफुले उक्त माग राख्ने उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  २ : ५१ बजे