४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पोखरेललाई ५ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने बाटो खुल्यो



काठमाडौं, ८ माघ ।
प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन हुनुभएको छ । एमाले ५ नम्बर प्रदेशको कार्यालय बुटवलमा बसेको बैठकले पोखरेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
यससँगै पोखरेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ भने एमालेले औपचारिक रुपमै मुख्यमन्त्रीको उम्मेद्वार पनि चयन गरेको छ ।
दाङबाट प्रदेशसभा सदस्यमा चुनाव जित्नु भएका पोखरेलले यसअघि नै आफूलाई मुख्यमन्त्री उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आउनुभएको थियो ।
यस्तै बैठकले ५ नम्बर प्रदेशको एमाले सचेतकमा भुमीश्वर ढकाललाई सर्वसम्मत चयन गरेको रुपन्देहीका प्रदेशसभा सदस्य लिला गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ माघ २०७४ सोमबार ००:००  ३ : ०३ बजे