४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

केपी ओली भन्छन्, राजधानी माग्दै आन्दोलन गर्नुपर्दैन



काठमाडौं, ४ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कनु भएको छ ।
पुस २६ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जानुभएका ओलीले फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो स्वास्थ्यस्थिति ठिकठाक भएको बताउनुभयो ।
फरक प्रसंगमा एमाले अध्यक्ष ओलीले एमाले–माओवादी पार्टी एकता तीव्रताका साथ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी एकताको काम जतिसक्दो छिटो हुन्छ । आशा र आशंका गर्ने दुवैले चिन्ता मान्नु पर्दैन ।’
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई भए पनि त्यो सरकारको क्षेत्राधिकारभित्र पर्ने भन्दै ओलीले यसमा आफूहरुको आपत्ति नरहेको बताउनुभयो । त्यस्तै अहिले तोकिएका केन्द्र स्थायी नभएकाले यसमा आन्दोलन गर्न पनि नपर्ने ओलीको भनाई थियो ।
अहिले तोकिएका केन्द्र प्रदेशसभाको दुई तिहाई मतले जनअपेक्षा अनुसार नै परिवर्तन गर्न सक्ने भएकाले अहिले आन्दोलन गर्नुको कुनै अर्थ नभएको ओलीले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ४ माघ २०७४ बिहिबार ००:००  ८ : १७ बजे