४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ४ माघ ।
प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टी्भित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले अन्य विषय छलफलका लागि तुरुन्तै अर्काे बैठक बोलाइने बताइएको छ ।
निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो । (रासस)

प्रकाशित मिति : ४ माघ २०७४ बिहिबार ००:००  ५ : ४१ बजे