४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले अध्यक्ष ओली बैंककबाट आज स्वदेश फर्किँदै



काठमाडौं, ४ माघ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी बिहीबार स्वदेश फर्कँदैछन् । ओली १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ल्यान्ड हुने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए। उनका अनुसार ओलीले विमानस्थल उत्रेलगत्तै पत्रकार भेटघाट गर्नेछन् ।
थाइल्याण्डको बैंककस्थित बुमरुङगार्ड अन्तर्रा्ष्ट्रिय अस्पतालमा भएको स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको उनको निजी सचिवालयले जनाएको छ । ओली स्वास्थ्य परीक्षणका लागि पुस २६ गते थाइल्यान्ड गएका थिए ।
ओली पत्नी राधिका शाक्य, ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, डा. विद्या सिंह र डा. यादव भट्ट ओलीसँगै थाइल्यान्डमा छन् ।
गत भदौ दोस्रो साता नियमित उपचार गरी फर्केका ओली पछिल्लोसमय चुनावी व्यस्तताका कारण नियमित उपचारमा जान पाएका थिएनन् ।

प्रकाशित मिति : ४ माघ २०७४ बिहिबार ००:००  ५ : ३७ बजे