काठमाडौं, ४ माघ ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले देशभर संगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ ।
प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश ४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश ५ मा सहमहामन्त्री कैलाश गुरुङ, प्रदेश ६ मा केन्द्रीय सदस्य वृखबहादुर कठायत र प्रदेश ७ मा तीर्थप्रसाद श्रेष्ठलाई पार्टीको बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले संयोजकको जिम्मेवारी दिएको जनाइएको छ ।
पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले नवनियुक्त संयोजकले सम्बन्धित प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने, स्थानीय जनतासँग समन्वय गर्ने र सांगठनिक संरचनामा सुधार गर्न वैठकले निर्देशन दिएको जानकारी दिए ।
४ माघ २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया