४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शंकर पोखरेल भन्छन्, जनमत गुमाएको सरकारले ‘विवेक’ पनि गुमायो



काठमाडौँ, ३ माघ ।
नेकपा एमालेका नेता शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले विवेक गुमाएको आरोप लगाएका छन् । पाँच नम्बर प्रदेशको मूख्य मन्त्रीका बलिया दावेदार नेता पोखरेलले सरकारले प्रादेशिक राजधानीको अस्थायी मुकाम तोक्ने निर्णय गरेपछि यस्तो आक्रोश पोखेका हुन् ।

दाङलाई पाँच नम्बर प्रदेशको राजधानी तोक्ने चर्चा चलिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देहीको पक्षमा निर्णय लिएपछि दाङका बासिन्दा पोखरेलको यस्तो आक्रोश आएको हो ।

‘आफैँले बनाएको कार्यदलको सिफारिस विपरितका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ ।’

यद्यपि पोखरेलले प्रदेशको स्थायी राजधानीको निर्णय गर्ने अधिकार प्रदेश सभालाई रहेकाले जनप्रतिनिधिले विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ’स्थायी राजधानीबारेमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई प्राप्त छ’, उनले भनेका छन, ’जननिर्वा्चित प्रतिनिधिहरुले अवश्य नै विवेक प्रयोग गर्नेछन् ।’

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  १ : २७ बजे