४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पार्टी एकताका लागि वैद्य माओवादीले वार्ता टोली बनायो



काठमाण्डौं, ३ माघ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले छरिएर रहेका कम्युनिष्ट घटकहरुसँग एकताको आधार तयार गर्न वार्ता टोली निर्माण गरेको छ ।
हिजो र आज राजधानीमा बसेको सो पार्टीको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्र सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको आधार तय गर्न ठोस पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविका लगायतका ठोस विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्षमा जाने निर्णय गर्दै लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत सीमा मिचिएको र भारतको सो कदमको भत्र्सना गर्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  १० : १० बजे