४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो



काठमाडौं, १ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरले बताएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैंककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।
“अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिपोर्ट राम्रो देखिएको छ” दाहालले भन्नुभयो, “उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।”
अध्यक्ष ओलीले बैंककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बैंकक जानुभएको हो ।
उहाँ यही पुस २६ गते श्रीमती राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक जानुभएको हो । अध्यक्ष ओली बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो । रासस

प्रकाशित मिति : १ माघ २०७४ सोमबार ००:००  ५ : ३८ बजे