काठमाडौं, १ माघ ।
तेस्रो राष्ट्रिय योग दिवस सोमबारदेखि सप्ताहव्यापी रुपमा मनाईँदैछ । शिक्षा मन्त्रालयको समन्वयमा ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ विभिन्न सङ्घ संस्थाले योग तथा योग पर्यटनको महत्व र विकासका लागि विभिन्न कार्यक्रम गरी दिवस मनाउने शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो ।
नेपाल प्राचीन योग भूमि रहेको, योगको महत्व नयाँ पुस्तालाई बुझाउनुपर्ने तथा योग पर्यटनका माध्यमबाट पनि नेपालमा विदेशीलाई घुमाउन सकिने अवधारणाका साथ कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।
२०५१ सालमा ९ र १० कक्षामा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद विषयको पाठ्यक्रम तयार गरिए पनि यो विषय पढाउने शिक्षकको अभावमा अहिलेसम्म पठनपाठन हुन सकेको छैन । योगलाई खेलकुदसँग जोडेर माघ ८ गतेदेखि इटहरीमा राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुँदैछ ।
१ माघ २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया