मायादेवी अनलाइन, वाणगंगा, १ माघ ।
थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा सांसद चक्रपाणी खनाल बलदेबले थारु समुदायको संस्कृती, परम्परा र भेषभुषाको रक्षा गर्नुपर्ने बताउनुभएको छ । थारु संस्कृती संरक्षण तथा सवंद्र्धन सभा बाणगंगा नगरपालिका ८ ले आयोजना गरेको प्रथम वडा स्तरिय माघी (खिचडी) महोत्सबको उद्घाटन गर्दै खनालले यस्तो बताउनुभएको हो । उहाले थारु समुदायको संस्कृतीको जगेर्ना गर्नका लागी आफुले सदैब सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
माघीको अबसरमा जिल्लाका थारु समुदायले जिल्लाका बिभिन्न स्थानमा माघी महोत्सब आयोजना गरेका छन । थारु कल्याणकारिणी सभाले जिल्लाको बुद्धभुमी नगरपालिका गोरुसिङ्गेमा आयोजना गरेको माघी महोत्सब समापन भएको अर्को दिन नै बाणगंगा नगरपालिका वडा नं. ८ उदयपुरमा प्रथम वडा स्तरिय माघी (खिचडी) महोत्सबलाई उचित महत्वको साथ हेरिएको छ । महोत्सबका अबसरमा आयोजकले निर्वाचित सांसद चक्रपाणी खनाललाई मायाको चिनो प्रदान गरेको थियो ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकारहरु राखिएको थियो । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा र रेकर्ड डान्स प्रतियोगिता भएका थिए जसमा बिजयी हुनेलाई नगद राशी र प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रमको संयोजन गर्नु भएका थारु संस्कृती संरक्षण तथा सवंद्र्धन सभाका अध्यक्ष नाथुराम थारुले समापन मन्तव्य व्यक्त गर्दै महोत्सब सफल पार्न सघाउने सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभयो । उहाले बिभिन्न स्थानमा सञ्चालन हुने माघी महोत्सबले थारु समुदायलाई आफ्नो संस्कृती संरक्षण गर्नमा टेवा पुग्ने जिकिर गर्नुभयो ।
महोत्सबको मुख्य प्रायोजक भुशाल हार्डवेयर बाणगंगा नगरपालिका ७ बनगाई र सह प्रायोजक कपिलबस्तु ब्रोडव्यान्ड नेट प्रा. ली बाणगंगा नगरपालिका ७ रहेको छ । बाणगंगा नगरपालिका वडा नं. ८ उदयपुर स्थित श्री जनसेवा निम्न माध्यमिक बिद्यालयको प्राङ्गढमा आयोजना गरिएको महोत्सबमा बिभिन्न राजनितिक दलका प्रतिनिधी, संघ संस्था, थारु समुदायका अगुवा, शुरक्षाकर्मी सर्बसाधारण गरी हजारौको उपस्थिती रहेको थियो । थारु संस्कृती संरक्षण तथा सवंद्र्धन सभाका अध्यक्ष नाथुराम थारुको अध्यक्षता, कोषध्यक्ष सक्रान्ती थारुको स्वागत मन्तव्य रहेको माघी महोत्सबको सञ्चालन सचिब रामबहादुर चौधरीले गर्नुभएको थियो ।
१ माघ २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया