दाङ, ३० पुस ।
पाँच नम्बर प्रदेशको दाङमा राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । पाँच नम्बर प्रदेशको राजधानिको रुपमा हेरिएको दाङमा शनिबार एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय सभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरीएको हो ।
घोराहीमा आयोजित कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मि र मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले संयुक्तरुपमा निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको हो ।
३० पुस २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया