९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु जेसिसको नयाँ नेतृत्व चयन हुँदै



मायादेवी अनलाइन, वाणगंगा, ३० पुस ।
कपिलवस्तु जेसिस बर्ष २०१७ को बार्षिक साधारणसभामा महासचिवद्धारा प्रस्ताव गरिएको बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ । जेसिस बर्ष २०१७ का महासचिव राजेन्द्र अर्यालले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको हो । महासचिव अर्यालले एक बर्ष भित्रमा सामाजिक क्षेत्रमा जेसिसले गरेका कामको बारेमा प्रकाश पार्नुभएको थियो ।
यस्तै साधारणसभामा कपिलवस्तु जेसिसका कोषाध्यक्ष सुन्दर पाण्डेले भौतिक सम्पत्ति ५८ लाखको प्रस्तुत गर्नुभएको थियो । उहाले २ लाख १५ हजार बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो । उक्त आर्थिक प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित गरिएको छ ।
कपिलवस्तु जेसिस बर्ष २०१७ का अध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षतामा भएको साधारणसभाको सन २००० देखिका भूतपूर्व अध्यक्षहरुले सामुहिक रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष कृष्णराज अर्याल, रामजी सेन, अनुराग पाण्डे, अर्जुन खरेल, पोष्टराज गौतम, रमेश चन्द्र भुसाल, लगायतले बोल्दै जेसिसले अगााल्नेका कार्यहरुलाई युवाहरुले सफल रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
१७ औँ बार्षिक साधारणसभा सर्वसम्मत रुपमा पारित भएसंगै जेसिस कपिलवस्तुमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ जीतपुर चारनम्बरमा अवस्थित कपिलवस्तु जेसिसले सामाजिक रुपमा काम गर्दै आएको छ । १८ बर्ष देखि ४० बर्ष उमेर समुहका युवापिढीको संलग्नता रहदै आएको जेसिसले हरेक अंग्रेजी नयाँ बर्षमा नेतृत्व चयन गर्ने गरेको छ । जेसिस राजनीतिक राजनीतिक भन्दा निन्तान्त फरक छ भने एक पटक नेतृत्व गरेको पदमा दोस्रो पटक आउन पाइदैन । त्यसैले पनि यसमा युवाको आकर्षण बढ्दो देखिन्छ ।
अहिले कपिलवस्तु जेसिसको सुविधा सम्पन्न भवन रहेको छ भने दुई बर्ष देखि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । जेसिस बर्ष २०१८ को नयाँ नेतृत्व आइतबार चयन हुदैछ ।

प्रकाशित मिति : ३० पुस २०७४ आइतबार ००:००  ३ : ५८ बजे