९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जेब्राक्रसिङ निर्माण अभियानमा युवा सक्रिय



चुरामणि अर्याल, कपिलवस्तु, ३० पुस ।
युवाहरुको संगठन चेतनशील प्रतिष्ठान कपिलवस्तुले सडक दुर्घटना घटाउन भन्दै यहाँको पुर्व पश्चिम लोकमार्गको विभिन्न ठाउँहरुमा जेब्राक्रसिङ बनाउने अभियान थालेको छ । कपिलवस्तुका ब्यस्त शहरहरुमा पर्ने जितपुर,वोडगाउँ,बनगाई लगाएतका ठाँउहरुमा अहिले सम्म ट्राफिक चिन्ह्हरु मध्यको जेब्राक्रसिङ नहुदा यात्रु तथा सर्वसाधारणलाई बाटो काट्न सहजता नभएको देखेपछि प्रतिष्ठानले यो अभियान सुरु गरेको हो । पूर्वपश्चिम लोकमार्गमा अनिवार्य रुपमा निर्माण गरिनुपर्ने जेब्राक्रसिङ यहाँ भने नभएको र सम्बन्धित निर्माणकर्ताले चासो नदेखाएपछि आपूmहरु नै लागिपरेको प्रतिष्ठानका अध्यक्ष असिम भट्टराईले जानकारी दिए ।
सडकमा हुने दुर्घटनाको सिकार कोही पनि बन्न नपरोस् भनी जिल्लामा सक्रिय चेतनशील प्रतिष्ठानले देउसीभैलोबाट उठेको रकमबाट राजमार्गकेन्द्रित जेब्राक्रसिङ बनाउन सुरु गरेको प्रतिष्ठानका संस्थापक संरक्षक समीर शायरले बताए । जिल्लाका ४ नं जितपुर, बनगाई, पिपरा, बोडगाउँ, चप्परगाउँ, बुङची, घेरुवा,कोईली बनगाईस्थित पूर्वपश्चिम लोकमार्गमा जेब्राक्रसिङ गराउन लागेको प्रतिष्ठानले यहि शुक्रबारदेखि वाणगंगा ७, बनगाईबाट “ सवारी साधन दुर्घटना नियन्त्रणका लागी चेतनशिलको अभियान ” भन्ने नारा सहित अभियान सुरु गरेको हो ।
अघिले सम्म घेरवा,कोईली बनगाई, वोडगाउँ, बुङची सडकमा जेब्राक्रसिङ बनाईसकिएको संरक्षरक सायरले जानकारी दिए । ट्राफिक प्रहरीको निगरानीमा मापदण्ड अनुसारकै बनाउन लागिएका जेब्राक्रसिङ विशेषगरी बढि यात्रु वारपार गर्ने सडकलाई केन्द्रित रहेका छन् । यो अभियान अझै जारी रहेको बताईएको छ । घाम नलागेका कारण सुक्न समय लाग्ने भएकाले अझै केहि लम्बीने भएको हो । यस क्षेत्रमा दुई वटा ठूला क्याम्पस रहेकाले पनि विशेष गरी बिहान र साँझको समयमा सडकमा विद्यार्थीको बाक्लो भिड हुने गर्दछ ।
सडकमा सवारीसाधनको चाप बढ्दै गएको र सर्वसाधारणलाई बाटो वारपार गर्न असहज भएको भन्दै प्रतिष्ठानले सामाजिक भावनाले जेब्राक्रसिङ गराउन सुरु गरिएको प्रतिष्ठानका सचिव नबराज बेल्वासे बताए । सडकमा जेब्राक्रसिङ राखिएपछि विशेषतहः विद्यार्थी, बालबालिका र सर्वसाधारण लाभान्वित भएका छन् ।

 

प्रकाशित मिति : ३० पुस २०७४ आइतबार ००:००  ३ : ३४ बजे