८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गोरुसिङ्गेमा जारी माघी खिचडी महोत्सव सकियो, हथौसामा रौनक शुरु



मायादेवी अनलाइन, बुद्धभुमी, ३० पुस ।
थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित आठौ माघी महोत्सब समापन भएको छ । तीन दिन अघि माघी महोत्सवको समुदघाटन थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरीले गर्नुभएको थियो । शनिवार साँझ बिभिन्न प्रतियोगी समुहलाई सम्मान पत्र र पुरस्कार बितरण गर्दै समापन भएको हो । ३ दिन सम्म चलेको माघी महोत्सबमा मुख्य गरी हरी नारायण थारु, श्रीनिवास थारु, दिपेन्द्र थारु, श्याम सिटी लगाएतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

बाणगंगा, बुद्धभुमी र शिबराज नगरपालिकाका बिभिन्न थारु युवा युबतिका क्लब तथा समुहहरुले बिभिन्न प्रतियोगितात्मक प्रस्तुतीहरु राखेका थिए ।

तेस्रो दिनको कार्यक्रममा उपस्थित भएर निर्वतमान सांसद एवम थारु कल्याणकारिणी सभाका केन्द्रिय सल्लाहकार विश्राम प्रसाद थारुले आठौ माघी महोत्सब भव्य रुपमा सम्पन्न भएको बताउनुभयो ।

थारु कल्याणकारीणी सभाका केन्द्रिय सदस्य भोजराज थारुले माघी पर्वले थारुहरुका लागी नया सोच र योजना बनाउन प्रेरणा प्रदान गरेको बताउनुभयो ।
कार्यक्रमको संयोजन गर्नु भएका कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष जंजीर थारुले समापन मन्तव्य व्यक्त गर्दै महोत्सब सफल पार्न सघाउने बाणगंगा, बुद्धभुमी र शिबराज नगरपालिका एवं बिजयनगर गाउपालिका प्रती बिशेष आभार प्रकट गर्नुभयो । उहाले महोत्सबमा भाग लिने समस्त दर्शक र प्रायोजकहरु प्रती कृतज्ञता प्रकट गर्नुभयो ।

माघी महोत्सबमे थारु संस्कृतीके उमगं, थारुनके समुन्नती संघिय संरचनाके संह” महोत्सबको मूल नाराका साथ सम्पन गरिएको हो । महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकारहरु राखिएको थियो । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता भएका थिए ।

थारु कल्याणकारिणी सभा कपिलबस्तुको आयोजना र बिभिन्न स्थानिय तहको सह आयोजनामा सम्पन्न तीन दिने माघी महोत्सबले थारु समुदायलाई आफ्नो संस्कृती संरक्षण गर्न भाबनात्मक रुपमा एकता बद्ध तुल्याएको थारु कल्याणकारिणी सभाका सचिब उमा शंकर थारुले बताउनुभयो । गोरुसिङ्गेमा जारी माघी खिचडी महोत्सव सकिए संगै हथौसामा माघ दुई गते देखि लाग्ने माघी महोत्सवको तयार तीव्र पारिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७४ आइतबार ००:००  ३ : ३२ बजे