९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तराईमा शीतलहरले जनजीवन कष्टकर, राज्य खै ?



काठमाडौं, २९ पुस ।
तराईका नागरिकलाई चिसो र शीतलहरबाट बचाउन भएका सरकारी प्रयास अपुग देखिएको छ । चिसोले कठ्याङ्ग्रिएर नागरिकको ज्यान जाने क्रम बढेपछि सरकारले न्यानो कपडा वितरण र आगो ताप्ने व्यवस्था गर्ने लगायत निर्णय गरेपनि त्यो सबै प्रभावितसम्म पुग्न नसकेको र झारो टार्ने काम मात्र भएको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।
शीतलहर प्रभावित क्षेत्रमा तत्काल कम्बल तथा दाउरा किनेर वितरण गर्न प्रति जिल्ला १० लाखका दरले रकम निकासा गरेको जनाए पनि कतिपय जिल्ला विपद व्यवस्थापन समितिले अहिलेसम्म रकम नपाएको गुनासो गरेका छन् । सरकारले पाँच दिन अघि तराईका २२ जिल्लामा गरी २ करोड २० लाख रुपैयाँ निकासा पठाउने, टिम्बर कर्पोरेशन अफ नेपाल र जिल्ला वन कार्यालयले दाउरा उपलब्ध गराई वितरण गर्ने निर्णय गरेको थियो ।
सरकारले काठमाडौंमा सहायतास्थल र सशस्त्र प्रहरी बलको गोदाममा रहेका कम्बल तथा न्यानो कपडा शीतलहर प्रभावित जिल्लामा वितरण गर्ने जनाए पनि अहिलेसम्म केही ठाउँमा बाहेक वितरण गरेको छैन । सप्तरी जिल्लाको विभिन्न स्थलमा जिल्ला विपद व्यवस्थापन समितिको संयोजनमा ७ हजार थान कम्बल र ५ सय झोला वितरण गरेको जनाए पनि पीडितले नपाएको गुनासो गरेका छ ।

प्रकाशित मिति : २९ पुस २०७४ शनिबार ००:००  ४ : ३१ बजे