बुटबल, २९ पुस ।
आधुनिक प्रविधिको विकासले लोपुन्मुख कुसवाडिया जातीको पत्थरकट्टा पेशा संकटमा परेको छ । सिलौटाको व्यापार कम भएपछि कुसवाडिया समुदायलाई गुजारा टार्न समेत कठिनाई भएको हो । पछिल्लो समय दैनिक बिक्री हुदै आएको सिलौटाको ब्यापार घट्दै गएको छ ।बुटवलको तिनाउ नदि किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका कुसवाडिया समुदायले रोजिरोटिमा कठिनाई भएको भन्दै सहयोगको आग्रह गरेका गरेका छन । छोराछोरीलाई कापी कलम जुटाउन समस्या भएको उनीहरुले बताउदै आएका छन ।
तिनाउ बगरमा ढुंगा नपाएपछि पाल्पाको झुम्साबाट ढुंगा ल्याएर पत्थरकट्टाले सिलौटा बनाउदै आएका छन । गाउगाउमा साइकल र टाउकोमा राखेर सिलौटा बेच्ने कुसवाडियाहरुले मसला पिस्ने मिक्सर लगायतका आधुनिक सामानहरुको प्रयोगले व्यापार नै नभएको बताएका छन् । दैनिक पन्ध्रवटा सिलौटा बेच्ने राजकुमार कुसवाडियाले अहिले मुस्किलले तीन वटा सिलौटा बेच्ने गरेका छन । ढुंगा कुदेर सिलौटो र लोहोर बनाएर बेच्ने कुसवाडिया जातिको पुख्यौली पेशा हो ।
वालवालिकालाई विद्यालय समेत नपठाई यही पेशामा संलग्न गराउने यो जातिले अहिले शिक्षा दिन शुरु गरेका छन् । तर विद्यालयको पोशाक र कापि कलम किन्ने पैसा नभएको भन्दै बीचैमा विद्यालय छाड्नेहरु धेरै छन् । सिलौटा व्यापारले वालवालिकाको शिक्षामा समेत असर पारेको छ । यो जातिलाई सरकारले प्रतिव्यक्ति मासिक दुई हजार रुपैया भत्ता उपलब्ध गराउदै आएको छ ।
टिनको टहरोमुनि बसेर गुजारा टारिरहेका कुसवाडियालाई जाडोमा थप समस्यामा परेका छन । दिउसोमा घाम र आगोको तापमा बसेपनि रातको समयमा निकै कठिन भएको उनीहरुले बताएका छन । शितलहर चलिरहेकाले बृद्धबृद्धा र वालवालिकाहरु बिरामी परेका छन ।
२९ पुस २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया