४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेशको सरकार निमार्ण पछि सबै समस्या हल हुन्छ – पाण्डे



कपिलबस्तु, २९ पुस ।
इन्सेक कपिलबस्तु र मानव अधिकार निगरानी समुहको आयोजनामा शुक्रबार भएको सेवाप्रदायक र सेवाग्राही बिच अन्तरक्रिया कार्यक्रममा सेबा ग्राहिले उठाएका सबालको जवाफ दिने क्रममा प्रदेश सांसद दिर्घनारायण पाण्डेले प्रदेशको सरकार निमार्ण पछि सबै समस्या हलहुदै जाने बताउनु भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प्रदायक र सेवाग्राही बिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीहरूले शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी हुनु पर्ने, प्राथमिक शिक्षा निशुल्क हुनु पर्ने तर विभिन्न बाहानामा फिस उठाउने गरेको, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने, निशुल्क भनिएका औषधीको अभाव रहेको, जिल्ला अस्पतालमा प्रभावकारी सेबा नपाएको गुनासो राखेका थिए ।

यस्तै कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्ने ,निशुल्क तथा अनुदानमा आएका मल विउ वितरण पारदर्शी नभएको लगायतका सबालहरू उठान गरेका थिए ।

कार्यक्रममा उठेका सवालको जबाफ दिँदै प्रदेश सांसद पाण्डेले प्रदेशको सरकार निमार्ण पछि सबै समस्या हलहुदै जाने बताउनु भएको छ । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७४ शनिबार ००:००  ४ : १० बजे