काठमाडौं, २८ पुस ।
अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु लागेको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा छ ।
पश्चिमी वायुको प्रभावले अहिले पश्चिमको मौसम बदली भएको मौसमविद्ले बताएका छन् । यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना छ । तर पानी पर्ने संभावना भने छैन ।
मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार राती काठमाडौंको मौसम सामान्यतया बदली रहनेछ । अहिले बाक्लो हुस्सु लागेको तराईमा हुस्सु कम भएपनि पुरै हट्ने संभावना भने छैन ।
पश्चिमी वायु हटेपछि शनिबारदेखि भने मौसममा सामान्य सुधार आउने उहाँको अनुमान छ ।
२८ पुस २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया