२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्रहरी लागूऔषधबारे जनचेतना जगाउँदै गाउँगाउँ



गुल्मी, २८ पुस ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषध र घरेलु हिंसासम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई गाउगाउमा र्पुयाएको छ । पुस १ गतेदेखि जिल्लाका बिभिन्न स्कुलका बिद्यार्थीहरु र गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमूह लगायतलाई लागूऔषध दुर्व्यशनीबारे सचेतनामुलक कार्यक्रम सञ्चालन भएको थियो ।
अभियानको मुख्य उद्देश्य विद्यार्थी तथा अभिभावकहरुलाई लागूऔषधको दुरगामी असरबारे जानकारी दिई यसविरुद्ध सक्रिय बनाउनु रहेको गुल्मी प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विबेदीले जानकारी दिनुभयो ।
कार्यक्रम संचालन अन्तर्गत हालसम्म १७ स्कुलका १९७० जना बिद्यार्थी र १७ स्थानका ६१५ जना अभिभावकहरुलाई प्रशिक्षण दिइएको छ । सचेतनामूलक प्रशिक्षणमा लागूऔषधको परिचय, प्रकार, लागूऔषध अपराधसम्बन्धी दण्ड सजाय र कानूनी व्यवस्था, लागूऔषध दुर्व्यसनबाट दुर्व्यसनीमा पर्ने असरहरु, रोकथामका उपायहरु लगायतका विषयमा जानकारी गराइएको थियो ।
प्रहरीले बिभिन्न स्थानमा रहेका आफाना मातहतका यूनिटहरुबाट लागूऔषधबाट समाजमा हुने नकारात्मक असरहरु र घरेलु हिंसाले परिवार र समाजमा पर्ने प्रभावका विषयमा मुख्य गरी जनचेतना मुलक कार्यक्रमहरु गरेको हो ।

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  १ : ५० बजे