२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बुटवलको सुकुम्बासी बस्तीमा आक्रमण, तीनजना घाइते



रुपन्देही, २७ पुस ।
रुपन्देहीको बुटवल–११ पश्चिम मजुवा दानव नदीको छेउमा बसेका भूमिहिन सुकुम्बासी महिलामाथि आक्रमण भएको छ । फलामको छड लगायतका हतियार लिएर आएको एक समूहले आक्रमण गर्दा तीनजना महिला घाइते भएका छन ।
हिउँदको चिसोबाट बच्न बासका लागि टहरा बनाएर बस्न लागेका बेला टोल समितिका अध्यक्ष सुहाबहादुर नेपालीको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको पीडित महिलाले आरोप लगाएका छन् । ति महिलाहरु बसेको घरमा केहीदिन अघि अपरिचित व्यक्तिहरुले आगो लगाइ दिएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा आक्रमणकारीका बिरुद्ध जाहेरी निवदेन दिन पुगेकोमा प्रहरीले समेत उजुरी दर्ता गर्न नमानेको पीडितले बताएका छन् । आक्रमणको आरोप लागेका नेपालीले आफ्नो जग्गामा घरबनाउन थालेकाले सुकुम्बासीलाई हटाएको बताउनुभयो ।
२०३८ सालमा आएको बाढीले तिनाउ किनारको जग्गा बगाएपछि नेपालीसहितले नवलपरासीको पुर्नबासमा जग्गा पाएका र अहिलेको दाबी गलत भएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७४ बिहिबार ००:००  ४ : २१ बजे