४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बामगठबन्धनको कार्यदलले काम थाल्यो



काठमाडौं, २७ पुस ।
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले काम सुरु गरेको छ ।
दुई पार्टीका अध्यक्षले काम सुरु गर्न निर्देशन दिएपछि बिहीबार आन्तरिक तयारी गरी शुक्रबार बैठक बस्ने तय भएको एमाले नेता सुवास नेम्वाङले बताउनुभयो ।
नेकपा एमालेका अध्यक्षको निवास बालकोटमा बुधबार बसेको बैठकमा केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई काम गर्न निर्देशन दिनुभएको थियो ।
कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको चुनावमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने छ ।

प्रकाशित मिति : २७ पुस २०७४ बिहिबार ००:००  ४ : १२ बजे