८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रुपन्देहीका जनप्रतिनिधि काममा ताते, अव्यवस्थित जग्गाको तथ्यांक निकाल्दै



बुटवल, २७ पुस ।
रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिले सार्वजनीक र अव्यवस्थित जग्गाको लगत संकलन थालेका छन् । यसका लागि कार्यदल बनाएर खाली गर्नुपर्ने सार्वजनीक जग्गा, नदी तटिय क्षेत्र र वयवस्थापन वा पुर्जा दिनुपर्ने वसोवासीको छुट्टाछुट्टै लगत संकलन थालेका हुन् । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले सार्वजनीक जग्गा बचाउन र नदी किनार तथा प्रँकृतिक प्रकोपको जोखीममा रहेका अव्यवस्थीत वसोवासीलाई स्थानान्तरण गर्न तथ्यांक संकलन थालिएकोे बताउनुभयो ।

रुपन्देहीमा एक उपमहानगरपालिका सहित ५ नगरपालिका र १० गाउ“पालिका छन् । बढ्दो सहरीकरण, दण्डहीनता र मिलेमतोमा यहाको वन क्षेत्र ओगट्ने र अव्यवस्थीत वसोवास गर्ने समस्या बढेको हो । बजार क्षेत्र बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सास्कृतिक नगरपालिकामै सार्वजनीक जग्गाको अतिक्रमण र अव्यवस्थीत वसोवासको समस्या धेरै छ । यसले प्राकृतिक विपत्ति बढाउदै र राजश्व संकलन प्रभावीत बन्दै गएको छ ।

यो भोगेका रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी पनि सार्वजनीक जग्गाको दोहन र अव्यवस्थीत वसोवासीको समस्या सधैका लागि समाधान गर्न योजना बनाउदै गरेको जिल्ला समन्वय समितिले जनाएको छ । रुपन्देहीमा ५९ हजार २५ हेक्टर वन क्षेत्र छ । यसमध्ये ८ हजार ३ सय ४६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । अन्य सार्वजनीक क्षेत्र तथा नदी तटिय क्षेत्र कति अतिक्रमण भएको छ यसबारे तथ्यांक समेत निकालीएको छैन ।

प्रकाशित मिति : २७ पुस २०७४ बिहिबार ००:००  ३ : ३७ बजे