४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सरकार सत्ता लम्ब्याउने खेलमा छ: प्रदीप ज्ञवाली



अर्घाखाँची, २६ पुस ।
एमाले सचिव प्रदिप ज्ञवालीले चुनावपछिको ताजा जनादेशको कांग्रेस र सरकारले अपब्याख्या गरेको आरोप लगाउनुभएको छ । जनताबाट बहुमत प्राप्त दललाई सत्तामा जाने बाटो खुला नगरेको दावी उहाँको छ ।

कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ, अनेक बाहाना गरेर सत्ता लम्बाउने खेल बाहेक सरकारले अरु केही गरेन, उहाले भन्नुभयोे । कांग्रेस नेतालाई प्रत्यक्षमा हारेर तेस्रो भएको चिन्ता छैन । तर, वामगठबन्धनलाई टुटाउने खेलमा लागेको आरोप ज्ञवालीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको पत्रकार भेटघाटमा भन्नुभएको छ ।

निर्वाचन आयोगको अस्वभाविक ढिलाई प्रति आपत्ती जनाउनु भयो । आयोगप्रति हाम्रो चासो र असहमति रहेको उहाले बताउनुभयो । नयाँ सरकार गठन गर्न राष्ट्रियसभा चुनाव चाहिदैन, संविधानको अपव्याख्या गरेर सत्ता लम्बाउने कुचेष्टा कांगे्रस नेताले गरेको उहाँले बताउनुभयो ।
वाम गठबन्धनको सरकार बनाउन नदिनु दुर्भाग्य नै भयो, उहाँले भन्नुभयो ।

प्रदेशको केन्द्र सरकारले तोक्दैमा आत्तिनुपर्ने र आन्दोलित हुनुपर्ने छैन, प्रदेशसभाको दुई तिहाई बहुमतले केन्द्र तोक्ने उहाँले भनाइ छ । ज्ञवालीले फागुन महिनाभित्र एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा हुने गरी दुवै पक्षबाट गृहकार्य भैरहेको बताउनुभयो । उहाँले वामगठबन्धन टुटाउन जति षडयन्त्र गरेपनि विफल हुने दावी गर्नुभयोे ।

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  २ : २८ बजे