४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै



काठमाडौं, २६ पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ । उहाँ दिउँसो साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने तयारी भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओलीले बैंककमा रहेको वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ । ओलीका साथमा श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत बैकक जाने तय भएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ ।

चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह भए पनि चुनावको व्यस्तताले उहाँले स्वास्थ्य परीक्षण गराउनुभएको थिएन । ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमाले सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  ४ : ५५ बजे