४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

डा. केसीको पक्षमा सयजना वकिलले वहस गर्ने



काठमाडौं, २६ पुस ।
अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा. गोविन्द केसीको मुद्दामा बुधबार सुनुवाई हुँदैछ । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको छ ।
मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबार सुनुवाई हुने भएको हो । बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताउनुभएको छ ।
केसीका पक्षमा सयजना वकिल
अदालतको अपहेलना अभियोगमा गिरफ्तार भएका डाक्टर गोबिन्द केसीको पक्षमा सयजना वकिलले वहस गर्न वकालतनामा गराएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी लगायत झण्डै सयजना वकिलले उहाँको पक्षमा बहस गर्ने भएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  ३ : ०१ बजे