२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

तिनाउ पुलमा गाडी चलाउन नपाउने



रुपन्देही, २६ पुस ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको तिनाउ पुलमा दुई दिन रातिमा गाडी चलाउन नपाइने भएको छ ।
सडक विभाग अन्तर्गतको पुल योजना सेन्टर नम्बर ४ पाल्पाका अनुसार तिनाउ पुलको पश्चिममा रहेको ड्राई नाला पुल मर्मत गर्नुपर्ने भएकाले बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन ठप्प हुने भएको हो । राति १० बजेअघि र बिहान ४ बजेपछि पुलमा आवागमन गर्न दिइने आयोजनाले जनाएको छ ।
ड्राई नालाको पुलमा रहेको बेरिङ फेर्नुपर्ने भएकाले मर्मत गर्न लागीएको पुल योजनाका इन्जिनियर भीमार्जुन कँडेलले बताउनुभयो । तिनाउ पुल पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण पुल हो ।

 

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  २ : ५७ बजे