४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एउटै वडाबाट तीन जना प्रदेश सांसद, शुरु भयो विभिन्न टिकाटिप्पणी



कपिलवस्तु, २६ पुस ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिक तर्पm प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् । उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदेशसभा सदस्य चयन गरेकोे हो । तर तीनैजनाको घर कपिलवस्तु नगरपालिकाकै वडा नम्बर–१ मा पर्दछ । प्रदेशसभा सदस्य रिना नेपाल विक, शान्तिदेवी वर्मा सोनार र रुन्धावती दुवे शर्मा वडा नं १ कै वासिन्दा हुन् ।
जसमध्ये दुईजना कपिलवस्तु नगरपालिका–१ हाटबजारका हुन भने एकजना कालीमाई मन्दिर चोककी हुन । उनिहरु मध्ये रिना दलितबाट, शान्तिदेवी अल्पसंख्यकबाट र रुन्धावती मधेसी महिला कोटाबाट कांग्रेसको समानुपातिकबाट विद्यायक बनेकी हुन ।
उनिहरुमध्ये सुरुमा रिना र रुन्धावती मात्र सिफारिसमा परेका थिए तर पछि निर्वाचन आयोगले ‘कलस्टर’ र क्रमानुसार त्रुटि सच्याउन कांग्रेसलाई आग्रह गरेपछि अल्पसंख्यकको तर्फबाट शान्तिदेवीको नाम पछि सिफारिस गरिएको हो । शान्तिदेवी सिफारिसमा परेपछि यसअघि खसआर्यबाट सिफारिसमा परेकी रूपन्देहीकी सूर्यमति उपाध्यायको नाम भने काटिएको छ । प्रदेशसभा सदस्यको सिफारिसमा परेका यी तीनमध्ये एक कांग्रेस नेत्री हुन् भने दुई सामान्य कार्यकर्ता मात्र हुन् ।
४० वर्षीया रिनाले जिल्लामा विभिन्न संघ–संस्थामा आवद्ध रहेर महिला र दलितका क्षेत्रमा काम गर्दै आउनुभएको छ । उनी कांग्रेस भ्रातृसंगठन नेपाल दलित संघ र महिला संघकी जिल्ला सचिव छिन। समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरेकी रिनाले प्रदेश सांसद बन्नुपूर्व पनि पछाडि पारिएका समुदायका लागि काम गरेकाले अब अझै बढी सक्रिय हुने बताएकि छिन ।
त्यसैगरी प्रदेशसभा सदस्यमा सिफारिसमा परेकी शान्तिदेवीले अशिक्षित र पिछडिएको महिलाको हितका लागि काम गर्ने बताइन । यता एउटै वडामा ३ जना परेपछी कांग्रेस भित्र यो विषय टिकाटिप्पणीमा परेकोछ ।

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  १ : ४९ बजे