४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नयाँ शक्ति भन्छ, प्रदेश ५ को राजधानी ‘कपिलवस्तु’ बनाउन जस्तो सुकै कदम चाल्छौ



मायादेवी अनलाइन, कपिलवस्तु, २२ पुस ।
नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले भौगोलिक सुगमता, सबैको पायक पर्ने स्थान कपिलवस्तु पर्ने भएकाले प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु नै हुनुपर्ने माग गरेको छ । नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य तथा जिल्ला संयोजक नारायण खनालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु बनाउन जस्तो सुकै कदम चाल्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।
कपिलवस्तु प्राचिन ऐतिहासिकताले बहुआयमिक ठाउ भएकाले प्रदेश राजधानीको लागि उपयुक्त हुने विज्ञप्तिमा जनाइएको छ । यस्तै नयाँ शक्ति पार्टीले अहिले प्रदेश राजधानी माग गर्दै जिल्लामा भएको संघर्षलाई साथ दिने पनि जनाएको छ । बामगठबन्धनले कपिलवस्तुमा प्रदेश राजधानी हुने पर्ने काम भन्दै आन्दोलन गरिरहेको बेला नयाँ शक्तिले पनि उक्त संघर्षलाई साथ दिने बताएको हो ।
कपिलवस्तुलाई प्रदेश राजधानी कुनै विलम्व नगरि तोक्न नयाँ शक्ति कपिलवस्तुले सरकारलाई आग्रह गरेको छ । साथै यो मुद्धामा साथमा साथ, हातमा हात मिलाएर अगाडी बढ्न जिल्लाबासीलाई नयाँ शक्ति पार्टीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  ३ : १९ बजे