४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै कपिलवस्तु पनि आन्दोलित



भुपाल थापा, तौलिहवा, २० पुस ।
कपिलवस्तुमा प्रदेश नम्बर ५ को राजधानी हुनुपर्ने माग गर्दै जिल्लाबासीले विहिबार चक्का जाम गरेका छन । प्रदेश राजधानी तोक्न माग गर्दै बामगठबन्धनले चक्का जाम गर्दै आन्दोलन थालेका हुन् । मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी राजधानी दाङ तोक्ने गृहकार्य गरे संगै विहिबार सदरमुकाम तौलिहवामा दुई घण्टा चक्काजाम गरिएको हो । आन्दोलनरत बामगठबन्धनका नेता तथा कार्यकर्ताले बिहिबार बिहान ११ बजेदेखि १ बजेसम्म तौलिहवाको प्रशासन चोक, आन्दोलन चोक र गौडीचोकमा चक्काचाम गरेका थिए ।
चक्काजामका कारण सदरमुकाम तौलिहवा भएर चल्ने सवारी साधन आवागमनमा २ घण्टा अवरुद्ध भएका थिए । तौलिहवा–लुम्बिनी–भैरहवा चल्ने पर्यटकीय सवारी साधन, एम्बुलेन्सलाई भने निर्वाध रुपमा संचालन गर्न दिइएको थियो ।
कपिलबस्तु जिल्ला पुरातात्विक क्षेत्रले सम्पन्नता, खुल्ला संग्रहालय, गौतम बुद्धसंग सम्बन्धित सय बढि स्थल भएकाले कपिलबस्तुलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउनुपर्ने एमाले नेता रउफ अहमद खाँले माग गरे ।
माओवादी केन्द्रका नेता दिपक पाण्डेले जिल्लाबासीको चाहना कपिलबस्तु राजधानी बनाउनुपर्ने भएकाले यहाँ राजधानी नतोकिए निरन्तर संघर्ष गर्ने चेतावनी दिए । उनले पर्यटकिय तथा पुरातात्विक क्षेत्रको धनी कपिलबस्तु राजधानी बनाइए आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिए ।
सदरमुकाम केन्द्रित आन्दोलन भएपनि आगामी शनिबार जिल्लाभरका स्थानीय तह केन्द्रित आन्दोलन गरिने बताइएको छ । दवावमुलक आन्दोलन गर्दा समेत सरकारले माग पुरा नगरे जिल्ला बन्द गरि कडा आन्दोलन गर्ने संघर्ष समितीले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  १ : ३३ बजे