८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सुरक्षाकर्मी र वन तस्कर बिच दोहोरो फायरिङ



कपिलवस्तु, १९ पुस ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पटनामा रहेको लालमटिया सामुदायिक वनमा सोमवार मध्यरातमा सुरक्षाकर्मी र वन तस्कर बिच दोहोरो फायरिङ भएको छ । वनमा तस्करी भइरहेको सुचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करहरु बिच दोहोरो फायरिङ भएको सेक्टर बन कार्यालय पिपराका प्रमुख सुबास चन्द्र बोसले जानकारी दिएनुभयो ।
लालमटिया वनका सदस्यहरुले तस्करी बारे सेक्टर वन पिपरालाई जानकारी गराए पछि वन रक्षक, सशस्त्र र नेपाल प्रहरी र वन उपाभोक्ताहरुको संयुक्त टोली वनमा पसेका थिए । टोली पुग्ना साथ तस्करहरुको समुहले फायरिङ गरेको जनाइएको छ ।
सुरक्षाकर्मी र तस्कर विच १० पटक सम्म दोहोरो फायरिङ भएको थियो । पक्राउ पर्ने डरले तस्करहरु मोटरसाईकल छाडेर भागेको बोसले बताउनुभयो । साथै टोलीले ३० दशमलव १३ क्युफिट गोलिया काठ र ८ वटा मोटरसाइकल बरामद गरेको उहाले बताउनुभयो ।
पक्राउ पर्ने मोटर साइकल लु २९ प ३९६०, लु २५ प ६९८९, लु ९ प १५१, लु २४ प ६७९, लु १२ प १२९५,लु २७ प ७३९१, लु १४ प २३३, लु २८ प ७०८१ नम्बरका रहेका छन ।
पटना क्षेत्रमा बर्षौ देखि वन तस्करी भईरहे पनि अझै पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । पटनामा वन तस्करीमा ठुलो गिरोह नै रहेकोले नियन्त्रणमा गाह्रो परेको वन कर्मचारीहरु बताउँछन ।

 

प्रकाशित मिति : १९ पुस २०७४ बुधबार ००:००  १२ : ४२ बजे