९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

हरीहरपुरमा मुडा निर्माण सम्बन्धि तालिम शुरु



हरि आचार्य, कपिलबस्तु ।
कपिलबस्तु नेत्र हिन सघंको आयोजना तथा बुद्धभुमि नगरपालिकाको सहयोगमा बुद्धभुमि नगरपालिका वडा नं. ८ हरिहरपुरमा दृष्टिविहिन ब्यक्तिहरुलाई १५ दिने मुडा निर्माण सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । कपिलबस्तु नेत्र हिन सघंले विभिन्न स्थानमा अगरबत्ति निर्माण तथा विभिन्न बस्तु निर्माण सम्बन्धि तालिम सञ्चालन गर्दै आईरहेको छ । जसले गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई हौसला बढ्दै गएको पाईएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न तालिमहरु दिई आर्थिक स्तरमा टेवा पु¥याई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको कपिलबस्तु नेत्र हिन सघंका उपाध्यक्ष हुमाकान्त खनालले बताउनुभयो ।
बुद्धभुमि नगरपालिका वडा नं.८ का वडाअध्यक्ष कपिलदेव तिवारिको अध्यक्षता, जिल्ला समन्वय समिति सभापति नारायण खनालको प्रमुख आथित्यता, कपिलबस्तु नेत्र हिन सघंका अध्यक्ष गोपाल खनाल, उपाध्यक्ष हुमाकान्त खनाल, नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै चोप बहादुर जिसि, चिरञ्जिवी आचार्य, जितनारायण खनाल, हुमाकान्त खनाल लगायतले मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्वता खनालले गर्नुभएको छ ।

प्रकाशित मिति : १७ माघ २०७४ बुधबार ००:००  २ : २४ बजे