७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने



काठमाण्डौं, १४ पुस (कारोबार) ।
गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।
स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायीबीचको छलफलपछि यी क्षेत्रको रात्रि व्यवसायमा लाग्दै आएको समयसीमा हटाइएको हो । आजको कारोबारमा खबर छ ।
निश्चित शर्त र मापदण्ड पुरा गर्ने होटल, रेस्टुराँ तथा दाहोरी क्लबहरुलाई नयाँ बर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  १ : ५८ बजे