७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

औद्योगिक विकास बिना समृद्ध नेपाल बन्न सक्दैन : बलदेब



कपिलवस्तु, १३ पुस ।
कपिलवस्तु क्षेत्र नम्बर १ का सांसद चक्रपाणी खनाल बलदेबले औद्योगिक विकास बिना समृद्ध नेपाल बन्न नसक्ने बताउनु भएको छ । उद्योग वाणिज्य संघ जितपुर ४ नम्बरले आयोजना गरेको नवनिर्वाचित सांसदको सम्मान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

सांसद खनालले कृषि बन र खनिजमा आधारित घरेलु तथा मझौला उद्योगहरु स्थापना गर्दै आर्थीक रुपमा राष्ट्रलाई सबल बनाउनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विष्णु पंथीले कपिलवस्तु प्राचीन संघिय राज्य भएकाले ५ नम्बर प्रदेशको राजधानी बनाएर न्याय प्रदान गर्नु पर्ने बताउनु भयो ।

उहाले अबको केहि वर्ष आर्थीक विकासको क्रम तिव्र हुने स्पष्ट पार्नु भयो । उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ भट्राईको अध्यक्षता, महासचिव छवी रेश्मीको संचालन र वरिष्ठ उपाध्यक्ष गुणानिधी भुषालको स्वागत विच सम्पन्न कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वाणिज्य संघका पूर्व अध्यक्ष देवी पाण्डे, विष्णु न्यौपाने सहित विभिन्न संचार गृहका प्रतिनिधी र वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।

सो कार्यक्रममा प्रतिनिधीसभा सदस्य र प्रदेस सभा सदस्यमा निर्वाचित सांसदलाई सम्मान पत्र, दोसल्ला र फूलमालाले स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  १२ : ४२ बजे