३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राप्रपाको आकस्मिक बैठक बस्दै



काठमाडौं, १३ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौंमा बोलाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ ।

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पार्टीले विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ । पुस १४ गते स्वर्गीय राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्वबारे काठमाडौंमा एक गोष्ठी पनि गरिने भएको छ । रासस

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  १२ : ३१ बजे