काठमाडौं, १२ पुस ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको एलिमिनेटर राउन्डमा ललितपुर प्याट्रियोट्सले पोखरा राइनोजलाई २७ रनले हराएको छ । कीर्तिपुर मैदानमा ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ११ रन मात्रै बनाउन सक्यो ।
पोखराका लागि पाकिस्तानी खेलाडी इसिरुल्लाहले २५ रन बनाउनुबाहेक अन्यले गतिलो रन बनाउन सकेनन् । पोखरालाई १ सय ११ रनमा समेटन् ललितपुरका सन्दिप लामिछानेले ३ तथा पवन सराफ र सन्नी पटेलले २र२ रन लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । एलिमिनेटर राउन्डमा पोखरालाई हराएसँगै ललितपुरले फाइनल प्रवेशको लागि खेल्न पाउनेछ ।
फाइनल प्रवेशको लागि ललितपुरले आजको पहिलो खेलमा विराटनगरसँग पराजित भएको भैरहवा ग्लाडियटर्ससँग भोली खेल्नेछ । विराटनगर फाइनलमा पुगिसकेको छ भने भोली ललितपुर र भैरहवाबिचको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया