७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सुत्केरी महिलाको मृत्यु



खोटाङ, पुस १२ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम वुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको मृत्यु भएको छ ।
दुर्छिम स्वास्थ्य चौकीमा बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।
सुत्केरी व्यथा लागेपछि आईतबार स्वास्थ्यचौकीमा भर्ना गरिएकी राईको राती १२ः३० बजे ज्यान गएको हो । अधिक रक्तश्रावका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अन्यत्र लैजाने तयारीकै क्रममा सुत्केरीको मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

प्रकाशित मिति : १२ पुस २०७४ बुधबार ००:००  ७ : १३ बजे