दिपक अनुरागी, कपिलवस्तु, १२ पुस ।
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत कुन दलका कुन उम्मेदवारले लिए मायादेवी अनलाइनले यहाँ उल्लेख गर्न खाजेको छ । ३ प्रतिनिधि र ६ प्रदेशसभा निर्वाचन क्षेत्र कायम रहेको कपिलवस्तुमा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका थिए ।
चुनावमा एमाले–माओबादी केन्द्रको बामगठबन्धन, कांग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धन, मधेस केन्द्रित दल र अन्य दल गरेर झण्डै २६ दल चुनावी मैदानमा होमिएका थिए । चुनावमा दलिय र स्वतन्त्र गरी १ सय ८१ उम्मेदवार प्रतिष्प्रर्धामा उत्रिएका थिए ।
चुनावको मतगणना मंसिर २३ गते दिउँसो १ बजे देखि शुरु भएको थियो भने, मतपरिणामको नतिजा २५ गते विहान देखि सार्वजनिक हुन थालेको हो । सबैभन्दा पहिला प्रतिनिधिसभा ३ प्रदेशसभा (२) को चुनावी नतिजा सार्वजनिक भएको थियो ।
जसमा कांग्रेसका उम्मेदवार विरेन्द्र कानोडिया झिनो मतान्तरले विजयको माला पहिरिन सफल भए । पूर्व राज्यमन्त्री समेत रहेका कानोडियाले बामगठबन्धनका माओवादी केन्द्रका उम्मेदवार जावेद आलम खाँलाई पराजित गरेका हुन । उनीहरुको मन्तान्तर ३ सय ७२ छ ।
लगत्तै प्रतिनिधिसभा २ को नतिजा सार्वजनिक भएको थियो । जहाँ बामगठबन्धनका एमाले उम्मेदवार बृजेश कुमार गुप्ता विजयी भए । पूर्व मन्त्री समेत रहेका गुप्ताले कांग्रेसका जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री समेत रहका सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन । गुप्ता ३ हजार ५ सय ८१ मतान्तरले विजयी भएका हुन ।
त्यसपछि प्रतिनिधिसभा ३ को मतपरिणाम सार्वजनिक भएको थियो । जुन क्षेत्रमा कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका थिए । उनले संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्तालाई ४ हजार १ सय ७५ मतान्तरले पराजित गरेका हुन ।
शाह प्रतिनिधिसभा तर्फ जिल्लामा सबैभन्दा धैरै मतान्तरले पराजित गर्ने उम्मेदवार बनेका छन ।
यस्तै प्रतिनिधिसभा २ को ९१० को नतिजा सार्वजनिक भएको थियो । यहाँ पनि बामगठबन्धनका एमाले उम्मेदवार दृर्घनारायण पाण्डेले कांग्रेस उम्मेदवार जवाहिरलाल चौधरीलाई पराजित गरेका थिए । उनीहरु बीचको मतान्तर २ हजार १ सय ७८ रहेको छ ।
यसैगरी प्रदेशसभा ९२० को नतिजा आएको थियो । जुन क्षेत्रमा बामगठबन्धनका एमाले उम्मेदवार धर्मबहादुर लाल श्रीवास्तव विजयी भए । उनी पनि झिनो मतान्तरले विजयी भएका हुन । उनले कांग्रेसका पूर्व सभापति समेत रहेका सुधाकर पाण्डेयलाई ३ सय ७६ मतान्तरले पराजित गरेका हुन ।
यसै गरी प्रतिनिधिसभा ३ को ९१० को नतिजा सार्वजनिक भएको थियो । यस क्षेत्रमा पनि बामगठबन्धनका एमाले उम्मेदवार अर्जुन केशी निर्वाचित भएका थिए । केशीले राजपा नेपालका रविदत्त मिश्रलाई पराजित गरेका हुन । उनी दुईको मतान्तर हेर्ने हो भने ९ सय २६ रहेको छ ।
जिल्लाको चुनावी नतिजाको अन्तिम समयमा सार्वजनिक हुने निर्वाचन क्षेत्र प्रतिनिधिसभा १ का साथै प्रदेशसभा १ र २ हुन । यी क्षेत्र मध्ये सबैभन्दा अगाडी नतिजा सार्वजनिक भएको क्षेत्र प्रतिनिधिसभा तर्फ हो । प्रतिनिधिसभा १ मा बामगठबन्धनका माओबादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) विजयी भए । उनले नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायलाई ९ सय ४६ मतान्तरले पराजित गरेका हुन ।
प्रतिनिधिसभा १ को चुनावी नतिजा आए संगै प्रदेशसभा (२) को पनि नतिजा सार्वजनिक भएको थियो । यहाँ संघीय समाजवादी फोरम नेपालले पहिलो जीत निकाल्दै खाता खोल्न सफल भएका थियो । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सहसराम यादव निर्वाचित भएका हुन । यादवले राजपा नेपालका उम्मेदवार मधुसुदन शरण चौधरीलाई १ हजार ३ सय ३४ मतले पराजित गरेका हुन ।
कपिलवस्तुका सबै क्षेत्रको नतीजा सार्वजनिक भएर विजेता उम्मेदवारले हर्षौउल्लास गरी रहँदा प्रतिनिधिसभा १ को प्रदेशसभा (१) को मतगणना जारी थियो । मतगणनाको प्रारम्भिक चरणबाटै अग्रस्थानमा रहदै आएका बामगठबन्धनका एमाले उम्मदेवार विष्णु प्रसाद पंथीले कांग्रेस उम्मेदवार पुरन थारुलाई उछिनेका थिए । मत गणनाको अन्तिम समयसम्म कांग्रेस उम्मेदवार थारु भन्दा पंथी ८ हजार मतले अगाडी थिए । जिल्लामा सबैभन्दा बढी मत ल्याएर आफ्ना प्रतिद्धन्द्धिलाई पराजीत गर्ने उम्मेदवार विष्णु प्रसाद पंथी भएका छन । एमालेका युवा नेता समेत रहेका पंथीले विपक्षी दलका उम्मेदवारलाई ८ हजार ८ सय ४४ मतान्तरले पराजित गरेका छन ।
व्यवस्थापन संकायमा एमविए उत्त्रीर्ण गरेका पंथी स्पष्ट बक्ता हुन । विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका पंथीले बहुदल र लोकतन्त्र प्राप्तिका लागि बलिदानी पूर्ण संघर्ष गरेका छन । साथै पंथीको छिमेकी देश चिनसंग पनि असल सम्बन्ध छ । अबको केही महिना भित्रै चिनको आनहुयी प्रान्त र बाणगंगा नगरपालिका बीच भगिनी सम्बन्ध स्थापित गर्न विधायक पंथी लागि परेका छन ।
प्रतिक्रिया