२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

बामगठबन्धन क्षेत्र नम्बर १ को यस्तो छ चुनावी समिक्षा !



मायादेवी अनलाइन, कपिलवस्तु, १२ पुस ।
बामगठबन्धन प्रतिनिधिसभा एकको संयुक्त निर्वाचन परिचालन कमिटी कपिलवस्तुले मङ्गलबार चुनावी समिक्षा गरेको छ । गत मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा बामगठबन्धनले चुनावी समिक्षा गरेको हो । जुन निर्वाचन कमिटीमा प्रतिनिधिसभा एकका साथै प्रदेशसभा १ र २ निर्वाचन क्षेत्र रहेका छन ।
उक्त अवसरमा बामगठबन्धनको पक्षमा मत हालेर जिताउन लाग्ने सम्पूर्ण मतदाता प्रति धन्यवाद दिइएको छ । साथमा निर्वाचन जित्ने उम्मेदवारलाई अबको पाँच बर्ष भित्रमा थुप्रै परिर्वतन देखिने गरि काम गर्न आग्रह गरिएको छ ।
समिक्षा कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधिसभा सांसद चक्रपाणी खनाल बलदेवले मतदाताले प्रदान गरेको अमूल्य मतको आफुहरुले अवमूल्यन नगर्ने बताउनुभयो । निर्वाचनको बेला जनता माझ गरिएका प्रतिबद्धतालाई पुरा गरेर देखाउने सांसद खनालले प्रतिबद्धता जनाउनुभयो ।
माओबादी केन्द्रका प्रभावशाली नेता समेत रहनुभएका उहाले अबको केही दिन भित्र बामगठबन्धनको सरकार बन्ने र पार्टी एकता पनि छिट्टै हुने भन्दै अहिले बाहिर चलेका हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ ।
प्रदेशसभाका विधायक विष्णु पंथीले आगामी चुनावमा भोट माग्न नपर्ने गरि काम गर्ने उद्घोष गर्नुभयो । एमालेका युवा नेता समेत रहनुभएका विधायक पंथीले जनताले स्थिर सरकार र समृद्धिका लागि बामगठबन्धनलाई भोट हालेकोले जनभावना विपरित काम गर्न नहुने तर्क राख्नुभयो ।
संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डम्मर शर्माको अध्यक्षता र सहसंयोजक कमल चुदालीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता गिरीधारीलाल न्यौपाने, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, माओबादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, एमाले नेतृ विमला घिमिरे लगायतले बोल्नुभएको थियो ।
साथै उक्त अवसरमा निर्वाचन जिताउने गरि गठन गरेका विभिन्न मोर्चा संगठनका संयोजक र सहसंयोजकले चुनावको बेला भए गरेका तिता मिठा अनुभव आदान प्रदान गरेका थिए । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको कपिलवस्तुमा २ प्रतिनिधि र ४ प्रदेशसभामा बामगठबन्धनले जितेको छ ।

प्रकाशित मिति : १२ पुस २०७४ बुधबार ००:००  १२ : ३७ बजे