कोपिला पोख्रेल, कपिलवस्तु, ११ पुस ।
पछिल्लो समयमा ग्रामीण भेगका महिलाहरु आर्थिक पक्षमा बलियो हुँदै गएका छन । गाँउमा सानो सानो बचतबाट करोडौँको लगानी गर्दै सक्षम बन्दै गएका पनि छन । त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं ५ र ६ मा पर्ने दिब्याज्योति महिला बहुउद्देश्य सहकारीले २० रुपैँयाबाट सुरु गरेको आफ्नो बचतबाट करोडौ बढिको कारोबार गर्न सफल भएको छ । संस्थाको कार्य क्षेत्र भित्र बसोबास गर्ने बिपन्न महिला संस्थामा आबद्ध रहेका छन । संस्था सुरुवात हुँदा महिलाहरु आफ्नो परिचय दिन नसक्ने समुह समितिमा आवद्ध हुन नपाउने अवस्थामा रहेका महिलाहरुलाई यस संस्थाको प्रयासले घरबाट बाहिर निस्कन हुन्न भन्ने मानसिकतालाई पछि पारेको छ ।
मनमा लागेका कुराहरु बाहिर समाजमा गर्ने समुह समितिमा खुल्ला तरिकाले बस्ने काम गर्ने नेतृत्व चलाउन सक्ने भएका छन् यँहाका महिला दिदि बहिनीहरु । संस्थाले महिला सशक्तिकरण महिला हिंसा न्युनिकरण महिला नेतृत्व बिकास क्षमता अभिबृद्धि गर्ने खालका कामहरु संचालन गरेको बताउनुहुन्छ पुर्व अध्यक्ष सोभा आचार्य ।
साथै सोही सस्थाले १२ औँ साधारण सभा तथा ८ आंँै अधिवेशन पनि सम्पन्न गरेको छ । अधिवेशनले शान्ता खनालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रीता थारु, सचिवमा माया पाण्डे रहनुभएको छ भने सदस्यहरुमा हिरा अर्याल, सरस्वती थापा, सुमित्रा थारु, सुशिला आचार्य, भगवति आचार्य भुसाल, गोमा गिरि, विष्णु पौडेल र मीना पौडेल रहनुभएको छ । त्यस्तै राधा पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गएिको छ जसको सदस्यहरुमा सुनिता बेल्बासे र देवा आचार्य रहनुभएको छ । नवगठित समितिका सदस्यहरुलाई कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला सहकारि संस्थाका उपाध्यक्ष तेज प्रसाद आचार्य, लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तै महिला तथा बालबालिका कार्यालय कपिलबस्तुका निरिक्षक सम्झना भण्डारिले संस्थाको रणनैतिक योजनाको बारेमा प्रष्ट पार्दै सहकारिले संस्कार परिबर्तन गर्दै दलित बिपन्न बर्गलाई सम्मानका साथ संस्थामा आवद्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका ब्यबस्थापक विष्णुमाया भट्राईले १ करोड २० लाख ३२ हजार ५ सय ६१ रुपिया बराबरको आयब्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष शोभा आचार्यको अध्यक्षता, जिल्ला समन्वय समिति उपसंयोजक तारावति चौधरिको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । सोही संस्थाकि नबनिर्बाचित अध्यक्ष शान्ता खनालले लक्षित बर्गलाई समुह संस्थामा आवद्ध गर्ने , लैङगिक हिंसा तथा घरेलु हिंसा न्युनिकरण गर्ने, सस्थाको ऋणका लागि व्यवसाय संचालन गरि उत्कृष्टमा पर्नेलाई पुरस्कार प्रदान गर्ने र बस्ती स्थरका बाल क्लव पुनगठन गरि मासिक बाल बचत गर्ने पहल गर्ने बताउनु भयो ।
११ पुस २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया