३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सप्लायर्सको यस्तो दादागिरी ! जथाभावी बालुवा डम्प गरिदा पर्यटकलाई सास्ति



मायादेवी अनलाइन, कपिलवस्तु, ११ पुस ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले होचुवाको भरमा बालुवा डम्प गर्न अनुमती दिने गरेको पाइएको छ । कार्यालयमा फर्म दर्ता गर्दा वडा नम्बर मात्र उल्लेख गरिने गर्दा फर्म दर्ता गर्ने व्यवसायीले दादागिरी शैलीमा जहा मनलाग्यो त्यहि बालुवा डम्प गर्ने गरेका छन । जिल्लामा एक महिना अघि देखि नदीजन्य निकासी खुलेको छ । यो संगै अहिले ठेगेदारहरुले जथाभावी रुपमा बालुवा डम्प गर्ने गरेका छन । यहाँका पर्यटकिय स्थल, खेतीयोग्य जमिन, सडक छेउछाउ बालुवाको रास देख्न सकिन्छ । जथाभावी बालुवा डम्प गर्दा बर्खामा पानीले बगाएर उक्त बालुवा खेतीयोग्य जमिनमा पु¥याउने र खेती राम्रो नहुने किसानको गुनासो त छदै छ । हिउँदमै पर्यटकिय स्थलमा बालुवा डम्प गरिदा पर्यटकले सास्ती भोग्नुपरेको गुनासा आउन थालेका छन ।
पुरातत्व बिभागले गत बर्ष मात्र जग्गा अधिग्रहण गरेको बुद्धको क्रिडास्थल तिलौराकोट छेउ मै जभाभावी बालुवा डम्प गरीदा यहाँ आउने पर्यटकले निकै सास्ती ब्यहार्नु परेको छ । बुद्धस्थल तिलौराकोटको उत्तरी क्षेत्रसंग जोडिएको स्थलमा नदीबाट बालुवा ल्याएर डम्प गरिदा पर्यटकहरुलाई आउँजाउँ गर्न गाह्रो परेको हो । तिलौराकोट छेउ ब्यापारीहरुले बालुवाका ३ प्लट बनाएका छन् । ब्यापारीहरुले बाणगंगा नदीको तिलौरी सगरहवा, रामघाट लगायतका स्थानबाट ट्याक्टरमा बालुवा ढुवानी गरी त्यहाँ ल्याएर डम्प गर्ने गरेका छन् । घरेलु कर्यालयमा दर्ता गराई जयबुद्ध सप्लायर्स, चौधरी सप्लायर्स र बिन्धबासिनी सप्लायर्स नामका तिन वटा फर्मले बालुवा संकलन केन्द्र सञ्चालन गरेका छन ।
तिलौराकोटको उत्तरमा पर्ने साबिक गोबरी ८ को कित्ता नम्बर १११ मा जबरजस्ती बालुवा संकलन गरी सप्लायर्सको नाममा ब्यापार गरीरहेका छन । गत बर्ष पनि यी तिन सप्लायर्सले त्यही बालुवा डम्प गरेका थिए । हाल कपिलवस्तु नगरपालिका– ६ मा रहेका ती प्लटमा बालुवा ल्याएर बिक्री गर्ने क्रममा बिहान देखि साँझै सम्म ट्याक्टरहरु ओहोर दोहोर गर्ने गरकाले पर्यटकलाई त्यस क्षेत्रको अवलोकन भ्रमण गर्न गाह्रो परेको पर्यटकहरुको गुनासो छ ।
सवारी साधनको आवागमन बढ्दा प्रदुषण फैलदै गएको छ । धुलो र सवारी साधनको चापले गर्दा जोडीस्तुपमा जाने पर्यटकलाई समेत सास्ती हुने गरेको छ । धुलो र सवारी साधनको चापले गर्दा आफुहरुलाई निकै सास्ती भएको काठमाण्डौंबाट आएका पर्यटक अबिन शाक्य दोर्जेले गुनासो गरे । बुद्धस्थल भनेर आफुहरु नेपालका बिभिन्न बुद्धस्थलमा आउने क्रममा तिलौराकोट र जोडीस्तुपमा आएको भए पनि सो क्षेत्रमा फोहर र प्रदुषण देख्दा दिक्क लागेको उनले बताए । सो क्षेत्रलाई व्यवस्थित गर्न नेपाल सरकारले चासो दिनु पर्ने उनले सझुाव दिए ।
राजा शुद्धोधनको दरबार हेर्न सोलुखुम्बुबाट आएका आमगुम्बु शेर्पाले त्यहाँ उड्ने धुलो र ट्याक्रहरुले गर्दा हिडडुल गर्न गाह्रो भएको बताए । उनले ऐतिहासिक धरोहरमा प्रदुषण गर्ने खालका ब्यापार संचालन गर्न दिएकोमा निरास भएको बताए । सपरिवार तिलौराकोट लगायतको क्षेत्र घुम्न आएका उनले तिलौराकोटबाट जोडीस्तुप जाने सडक जिर्ण र धुलाम्मे भए पछि आफुहरु पैदलै जोडीस्तुप हेर्न गएको जनाए ।
सो बिषयमा ब्यापक जनगुनासो आए पछि कपिलवस्तु संग्रहालयले गत मंसिर १० गते ३ दिन भित्र डम्प गरिएका बालुवा हटाउन तीन सप्लायर्सलाई पत्र काटेको थियो । पत्र काटेको एक महिना बित्दा पनि चौधरी सप्लायर्सले अझै बालुवा हटाएको छैन । संग्रहालयका प्रमुख सुवासकृष्ण ढंगोलले आफुहरुले ती सप्लायर्सलाई त्यहाबाट बालुवा हटाउन लिखित र मौखिक निर्देशन दिएको बताए । ‘हामीले ती सप्लायर्सलाई लिखित मौखिक निर्देशन दिएका छौ तर तिनीहरुले अटेर गर्दै आएका छन’ उनले भने । यस बिषयमा आफुहरुले प्रशासन कार्यालय र पुरात्व बिभागमा समेत जानकारी गराएको उनले बताए । ट्रक, ट्रिप्पर लगायतका हेबी गाडीले गर्दा जमिनमुनी रहेका पुरातातिवक संरचनालाई समेत क्षति पुग्ने खतरा रहेको प्रमुख डंगोलले बताउँछन ।
जयबुद्ध सप्लायर्सका सञ्चालक परशुराम कोहारले आफुहरुले घरेलुमा व्यवसाय दर्ता र कर कार्यालयमा दर्ता गरेर ब्यापार गरेको बताउँछन । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मनोज सैनीले सो फर्म दर्ता गर्दा वडा नम्बर मात्र उल्लेख गर्ने गरिएकाले यस्तो समस्या आएको बताउँछन । आफुले सो बिषयमा स्थलगत अनुगमन गर्ने दाबी गरे ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  ३ : ४६ बजे