३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बझाङमा जँड्याहालाई जरिवाना, वृद्धवृद्धालाई मुस्कान !



बझाङ, ११ पुस ।
मदिराकै कारण गाउँबस्ती नै बदनाम हुन थालेपछि त्यसलाई रोक्न केसम्म गर्न सकिएला रु खप्तड छान्ना गाउँपालिकाले हदैसम्मको पहल गरेको छ । यहाँ मदिरा पिउन र बेच्न प्रतिबन्धमात्र छैन, अटेर गरे जरिवानासमेत तिराइन्छ । जरिवानाको रकमले वृद्धवृद्धाका झरेका दाँत हाल्ने गाउँपालिकाको योजना छ ।

‘जँड्याहाका कारण दिउँसो पनि एक्लै हिँड्न सकिन्नथ्यो,’ खप्तड छान्ना गाउँपालिकाकी सामाजिक कार्यकर्ता कृष्णा बमले भनिन, ‘अहिले ढुक्क छ । तीन महिनाभयो, जँड्याहा छैनन् ।’

दुई वर्षको अवधिमा गाउँपालिकाभित्र ४ हत्या र १० हत्या प्रयास भए । यी सबै घटनाको मुख्य कारण अत्यधिक मदिरा सेवन नै रहेको छान्ना प्रहरी चौकीका हवल्दार धीरेन्द्र अधिकारीले बताए ।

वर्ष दिनअघि मदिराले मातेका पतिको कुटाइबाट एक महिलाको गर्भपतनसमेत भएको थियो ।मदिरा रोक्न प्रत्येक गाउँका क्लब र समूहहरूलाई सक्रिय बनाइएको उल्लेख गर्दै गाउँपालिकाकी उपप्रमुख पाउसरा थापाले भनिन, ‘रक्सी बेचेको वा खाएर हल्ला गरेको थाहा पाए ती समूहले सूचना दिन्छन् । अनि प्रहरी लगाएर कारबाही गर्छौं ।’, यो खबर आजको कान्तिपुरमा छ ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  २ : ३० बजे